ठेकेदारको कार्यक्रममा पुगेर प्रधानमन्त्रीले भने- तपाईंहरुले राम्रो काम नगर्दा राज्यलाई दायित्व थपियो

नेपालभ्युज

ठेकेदारको कार्यक्रममा पुगेर प्रधानमन्त्रीले भने- तपाईंहरुले राम्रो काम नगर्दा राज्यलाई दायित्व थपियो

हेटौंडा । ठेकेदारको कार्यक्रममा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नगर्दा समस्या आएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले ठेकेदारले राम्रोसँग काम नगर्दा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको समेत बताए ।

नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ठेकेदारले सम्झौताबमोजिम काम नगर्दा आयोजनाहरु समयमै सम्पन्न नभएको बताए ।

“राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा र कठिनाइप्रति सरकार गम्भीर छ ।” प्रधानमन्त्री प्रचण्डले भने, “तर, निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा आयोजनाको काम समयमै सम्पन्न नभएको, सम्झौताअनुरूप गुणस्तरको काम नभएको, निर्माणको अवधि लम्बिँदा राज्यको अतिरिक्त दायित्व थपिनेजस्ता समस्या भएको छ । यी विषय गम्भीर छन् ।”

रणनीतिक महत्वका आयोजना ओझेलमा पर्ने, अनावश्यक योजना थपिँदै जाने, राज्यको दायित्व बढ्दै जाने र खास गुणात्मक प्रतिफल नदिने बेथितिको दुष्चक्रबाट मुक्त हुने गरी काम गर्न आफूले सरोकारवालालाई निर्देशन दिएको उनले बताए ।

उनले ठेकेदारको भुक्तानी समस्या समाधानका लागि प्रयास गरिरहेको बताए । उनले भने, “राज्यको संरचनागत कमजोरी र समयमै भुक्तानी दिन नसकेका कारण व्यवसायी अप्ठ्यारोमा परेकाले कतिपय आयोजनाको काम समयवधिभित्रै सम्पन्न हुन सकेको छैन । त्यस्ता समस्या सम्बोधनका लागि सरकारले आवश्यक निर्णय लिनेछ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved