कपनबाट पेस्तोल सहित एक युवा पक्राउ

नेपालभ्युज

कपनबाट पेस्तोल सहित एक युवा पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले एक व्यक्तिलाई कपनबाट पेस्तोल(Pestol)सहित नियन्त्रणमा लिएको छ । गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणका लागि अभियान चलाएको प्रहरी टोलीले सरस्वती नगरबाट २८ वर्षिय प्रशान्त लिम्बुलाई नियन्त्रणमा लिएको हो ।

शंकास्पद गतिविधि गरेको सुचनाको आधारमा ताप्लेजुङ फुङलिङ स्थायी ठेगाना भएका लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लिम्बु(Limbu)को घरमा खोजतलास गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु २ थान, फलामको हम्बर एक थान र मोबाइल बरामद गरिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved