भोकमरीलाई हतियारका रुपमा उपयोग गरेर इजरायलले युद्ध अपराध गरिरहेको राष्ट्रसंघको ठहर

नेपालभ्युज

भोकमरीलाई हतियारका रुपमा उपयोग गरेर इजरायलले युद्ध अपराध गरिरहेको राष्ट्रसंघको ठहर

काठमाडौं । द्वन्दग्रस्त गाजा (Gaza)मा देखिएको भोकमरी अनिकालमा परिणत हुन थालेको छ ।

इजरायलको लगातारको आक्रमणका कारण गाजामा रहेका प्यालेस्टिनी नागरिक अनिकालको सामना गर्न बाध्य भएका छन् ।

महिनौ अघिदेखि नै संयुक्त राष्ट्रसंघले गाजामा अनिकालको चेतावनी दिदै आएको थियो । पछिल्लो सार्वजनिक आँकडाले गाजामा मानवीय संकटको उच्च जोखिम देखाएको छ ।

राष्ट्रसंघले सहायता सामाग्रीको पर्याप्त आपूर्ति गर्न अनुमति दिनु पर्ने भन्दै इजरायलमाथि दबाब बढाएको छ ।

राष्ट्रसंघीय(UN) वरिष्ठ मानव अधिकारकर्मी भोल्कर टर्कले प्यालेस्टेनी नागरिकले ब्योहर्नु परेको दयनीय अवस्थाको जिम्मेवारी इजरायलले लिनु पर्ने बताएका छन् ।

टर्कले इजरायलले गाजामा युद्ध हतियारका रुपमा भोकमरीलाई प्रयोग गरिरहेको आरोप लगाए ।

बीबीसीसँगको कुराकानीमा टर्कले मानवता विरुद्धको महत्वपूर्ण दोष इजरायलले बोकीरहेको बताए । उनले भोकमरीलाई युद्धको हतियारका रुपमा उपयोग गर्नु युद्ध अपराध हुने उल्लेख गरे ।

इजरायलका अर्थमन्त्री एवं लिकुड पार्टीका वरिष्ठ नेता नीर बरकतले भने राष्ट्रसंघको पछिल्लो आरोपलाई बकबास र गैरजिम्मेवारपूर्ण रहेको प्रतिक्रिया दिए ।

तत्काल युद्धविराम गर्नुपर्ने राष्ट्रसंघको प्रस्तावलाई इजरायलले बेवास्ता गरेको छ । इजरायली अर्थमन्त्री बरकतले गत ७ अक्टोबरमा हमासले बन्धक बनाएकाहरुलाई मुक्त नबनाएसम्म युद्ध नरोकिने चेतावनी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved