एमालेसँग पार्टी सञ्चालन विधि सिक्दै रास्वपा नेताहरू

नेपालभ्युज

एमालेसँग पार्टी सञ्चालन विधि सिक्दै रास्वपा नेताहरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले नेकपा एमालेका नेताहरूसँग छलफल गरेका छन् ।

बिहीबार दिउँसो ललितपुरस्थित एमालेको पार्टी कार्यालय च्यासलमा दुई पार्टीका नेताहरूबीच छलफल भएको हो ।

राजनीतिक दलको सञ्चालन, आन्तरिक प्रशासन तथा व्यवस्थापनका बारेमा अध्ययनका लागि रास्वपा नेताहरू त्यहाँ पुगेका हुन् ।

छलफलमा रास्वपाबाट महामन्त्री डा. मुकुल ढकाल, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी तथा कर्मचारीहरू शुभराज शिल्पकार, सेनु लामालगायत सहभागी थिए ।

यता, एमालेको तर्फबाट महासचिव शंकर पोखरल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईलगायत छलफलमा सहभागी थिए ।

छलफलमा एमाले नेताहरूले पार्टी कार्यालयका आन्तरिक व्यवस्थापनका विविध पक्ष तथा सञ्चालनबारे जानकारी गराएको एक रास्वपा नेताले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved