भाइको ठाउँमा एसईई दिन पुगेका किशोर पक्राउ

नेपालभ्युज

भाइको ठाउँमा एसईई दिन पुगेका किशोर पक्राउ

काठमाडौं । दैलेखमा एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

नारायण नगरपालिका-१ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भाइको ठाउँमा एसईई परीक्षा दिन पुगेका १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक मगराठीका अनुसार पक्राउ पर्नेमा महावु गाउँपालिका–१ गैडाबाजका प्रेम न्यौपाने रहेका छन् ।

न्यौपानेले भाइ नाता पर्ने गैडाबाज माध्यमिक विद्यालय, काडाँसिरौलाका विद्यार्थी सुनिलप्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए ।

गार्डलाई न्यौपानेमाथि शंका लागेपछि प्रवेश पत्र चेक गर्दा उनी नक्कली रहेको पाइएको हो ।

‘उनले भाइको सट्टामा अनिवार्य अंग्रेजी विषयको परीक्षा दिन आएका उनको प्रवेशपत्रमा हस्ताक्षर र छाप फरक भएको भेटिएपछि परीक्षा सुरु भएको १५ मिनेटमै परीक्षाबाट निष्काशन गरी कारबाहीका लागि प्रहरीको जिम्मा लगाएको छ ।’ केन्द्राध्यक्ष निरक तारामीले भने ।

यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved