छिमेकीसँग झगडा परेपछि आत्महत्या गरेकी मनिताको सुसाइड नोट- आत्मसम्मान गुमाउनुभन्दा मर्नु नै ठिक

नेपालभ्युज

छिमेकीसँग झगडा परेपछि आत्महत्या गरेकी मनिताको सुसाइड नोट- आत्मसम्मान गुमाउनुभन्दा मर्नु नै ठिक

काठमाडौं । ‘न्याय नपाएको’भन्दै कपिलवस्तु बहुमुखी क्याम्पसको बीएड चौथो वर्षमा अध्ययनरत छात्रा मनिता चौधरीले आत्महत्या गरेकी छिन् । सुसाइड नोटमा छिमेकी २ जनाको कारणले आत्महत्या गरेको उल्लेख गरेर उनले गएराति आत्महत्या गरेकी हुन् ।

‘मृत्युको कारण- उषा कुर्मी र प्रभूदयाल चौधरी । आत्मसम्मान गुमाउनुभन्दा मर्नु ठिक हुनेछ, हरहर महादेव’ सुसाइड नोटमा उनले लेखेकी छन् ।

प्रभूदयाल चौधरी मृतक मनिताको ठुलोबुवा हुन् । उषा उनकी बुहारी हुन् । घर जोडिएको दुई परिवारबीच झगडा भएको थियो । त्यो झगडा प्रहरी चौकीसम्म पुगेको थियो ।

‘हामीले निवेदन नदिएको कारण पुलिसले पनि हाम्रो दोष देखायो । उषाले पहिला मेरो आमाको हात समातेर तिमीलाई बाटोमा लगेर कुट्छु भनिन् । त्यसपछि मैले पनि उषाको हात समाते, त्यसपछि उषाले आमाको कपाल लुछिन्’ सुसाइड नोटमा मनिताले लेखेकी छिन् ।

त्यसपछि घटनामा आफ्नो परिवारलाई नै दोष दिएकाले आत्मसम्मानमा चोट पुगेको भन्दै मनिताले आत्महत्या गरेकी हुन् । घटना अनुसन्धानमा प्रहरीको पनि कमीकमजोरी रहेको उनले सुसाइट नोटमा उल्लेख गरेकी छन् ।

उनले आत्महत्या गरेपछि ‘घटनामा थप अध्ययन\अनुसन्धान हुन जरुरी देखिएको छ’ भन्दै स्थानीयले माग गरेका छन् ।

आत्महत्या गर्न बाध्य बनाउनेलाई आत्महत्या दुरुत्साहन मुद्दामा कारबाही हुने कानुनी व्यवस्था छ । मनिताले नाम लिएको २ जनामाथि आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा अनुसन्धान हुनुपर्ने माग छ ।  घटनाबारे अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved