पाउण्डको मूल्य घट्दा डलर बढ्यो 

नेपालभ्युज

पाउण्डको मूल्य घट्दा डलर बढ्यो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्डको भाउ केही घटेको छ भने डलरको मूल्य बढेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ९४ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ८४ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved