हथौडा प्रहार गरी वृद्धाको हत्या

नेपालभ्युज

हथौडा प्रहार गरी वृद्धाको हत्या
सांकेतिक तस्वीर।

काठमाडौं । रुपन्देहीमा ७० वर्षीया वृद्धाको हथौडा प्रहार गरि हत्या (murder) भएको छ ।

सियारी गाउँपालिकाको रामजानकी टोलस्थित छोरी ज्वाँइ चिन्तामणी पाण्डेको घरमा बस्दै आएकी ७० वर्षीया उजेलीमाथि कोठामा सुतिरहेको अवस्थामा कुटपिट भएको थियो ।

२९ वर्षिया प्रभुनाथ थारुको कुटपिटबाट गम्भिर घाइते उनको उपचारका क्रममा मृत्यु भएको हो । पक्राउ परेका थारुको घर मृतक लोध बस्दै आएको घरबाट नजिकै छ ।

थारुलाई वृद्धाले होच्याएर बोलाउने गरेको रिसिबीमा थारुले हत्या गरेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved