मध्य र पूर्वी पहाडी भेगमा मेघ गर्जन सहित वर्षा, उच्च भेगमा हिमपात जारी

नेपालभ्युज

मध्य र पूर्वी पहाडी भेगमा मेघ गर्जन सहित वर्षा, उच्च भेगमा हिमपात जारी

काठमाडौं । देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली केही स्थानमा वर्षा भइरहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन(Lightening) सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात(snowfall)को सम्भावना छ । स्थानीय वायुको प्रभावका कारण मुलुकको मौसम प्रभावित भएको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २४ दशमलव १ डिग्री पुग्ने अनुमान गरिएको छ । गएको २४ घण्टामा काठमाडौंमा १ दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved