उपनिर्वाचनमा उम्मेदवार बन्न रास्वपाभित्र ६ जनाको दाबी

नेपालभ्युज

उपनिर्वाचनमा उम्मेदवार बन्न रास्वपाभित्र ६ जनाको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा हुने उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न चाहने नेताहरुको सूची निकालेको छ ।

बुधबार सूचना जारी गर्दै रास्वपाले इलाम २ मा उम्मेदवारी बन्न ६ जनाले इच्छा देखाएको जनाएको छ ।

जसमा गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. शेषरमण न्यौपाने छन् ।

पार्टीको प्रारम्भिक उम्मेदवारी उपरको दावी विरोध गर्ने समय चैत १४ देखि १५ गते दिउँसो १ बजेसम्मलाई निर्धारण गरिएको पार्टीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved