जग्गा भाडा विवादबारे स्काउटसँग खेलकुद मन्त्रालयले माग्यो कागजात

नेपालभ्युज

जग्गा भाडा विवादबारे स्काउटसँग खेलकुद मन्त्रालयले माग्यो कागजात

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले जग्गा भाडासम्बन्धी विभिन्न कागजातहरु उपलब्ध गराउन नेपाल स्काउटलाई निर्देशन दिएको छ ।

स्काउटबाट सञ्चालित विभिन्न कार्यक्रम, योजना र गतिवधि एवम् अनियमितता भएको उल्लेख गर्दै मन्त्रालयले बुधबार स्काउटलाई आवश्यक कागजात उपलब्ध गराउन भनेको हो ।

मन्त्रालयले नेपाल स्काउट र खड्‌का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच जग्गा भाडामा लिनेदिनेसम्बन्धी पहिलो सम्झौतापत्र उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

साथै, सम्झौता नगरी अनाधिकृत व्यक्ति वा संस्थाले स्काउटको स्वामित्वमा रहेको जग्गा कब्जा गरी स्थायी संरचना निर्माण गरी सक्दासमेत कारवाही नगर्ने स्काउटका पदाधिकारीहरुलाई प्रचलित कानून बमोजिम कारबाहीबारे जानकारी गराउन मन्त्रालयले भनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved