रेशम जापानमा रहेका बेला गठबन्धनमा सहभागी हुने नागरिक उन्मुक्तिको निर्णय

नेपालभ्युज

रेशम जापानमा रहेका बेला गठबन्धनमा सहभागी हुने नागरिक उन्मुक्तिको निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने निर्णय गरेको छ ।

बुधबार कैलालीको टिकापुरमा बसेको केन्द्रीय समितिको बैठकमा बहुमत सदस्यले यस्तो निर्णय गरेका हुन् । पार्टी संरक्षक रेशम चौधरी जापानमा रहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समितिको बैठक बोलाएर गठबन्धनमा सहभागी हुने निर्णय गराएकी हुन् ।

प्रतिनिधि सभामा नाउपाको ४ जना सदस्य छन् ।

नागरिक उन्मुक्तिले दलीय भागबण्डाका आधारमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउने मोटामोटी सहमति शीर्ष नेतृत्वमा छ । नागरिक उन्मुक्तिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसअघि नै विश्वासको मत दिएको थियो ।

संरक्षक चौधरी गठबन्धनमा सहभागी नहुने पक्षमा छन् । तर अध्यक्ष श्रेष्ठ भने सरकारमा सहभागी हुने दाउमा छन् । प्रदेश सरकार भागबण्डाको छलफलमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुबीच उन्मुक्तिलाई एउटा सिट दिएर सरकारमा ल्याउने गरी छलफल भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved