रविविरुद्ध ठाडो उजुरी परेको हो, सहकारी ठगीको मुख्य समस्या जिबी हुन् : आईजीपी कुँवर

नेपालभ्युज

रविविरुद्ध ठाडो उजुरी परेको हो, सहकारी ठगीको मुख्य समस्या जिबी हुन् : आईजीपी कुँवर

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेविरुद्ध आवश्यक प्रमाण नभेटिएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्रीविरुद्ध उजुरी मात्र परेको बताए ।

सहकारी ठगी प्रकरणको मुख्य समस्या जिबी राई रहेको आईजीपी कुँवरको भनाई छ ।

‘सहकारी ठगीको मुख्य समस्या जिबी राई हुन्। उनी मलेसिया रहेको जानकारी पाएका छौँं। उनलाई ल्याउन रेड कर्नर नोटिस, इन्टरपोललाई आग्रह गरेका छौं ।’ उनले भने, ‘रवि लामिछानेको विषयमा ठाडो उजुरी मात्रै परेको हो, आवश्यक प्रमाणपत्र आएको छैन ।’

मलेसियासँग सुपुर्दगी सन्धि नभएकाले जिबीलाई समाउन कठिन भएको कुँवरले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved