विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट अब सेनालाई पनि छैनः रक्षामन्त्री उप्रेती

नेपालभ्युज

विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट अब सेनालाई पनि छैनः रक्षामन्त्री उप्रेती

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट अब सेनालाई पनि नभएको बताएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा आफ्नो भनाइ राख्दै मन्त्री उप्रेतीले विकास गर्ने अवसर वर्तमान सरकारको हातमा आएको उल्लेख गर्दै अब ढिलासुस्ती र अवरोध हुने छुट कसैलाई नरहेको बताए ।

नेपाली सेनाले जिम्मा लिएर गरिरहेका केही कामबारे स्थलगत जानकारी लिएको उल्लेख गर्दै मन्त्री उप्रेतीले तोकिएकै मितिमा काम सम्पन्न गर्न निर्देशन दिएको बताए । चाँडो काम गर्ने तौरतरिबारे जानकारी गराएको बताउँदै उनले नभए अब एक्सनमा जाने चेतावनी दिएको बताए । उनले भने, ‘कसैले ढिलासुस्ती गरेको भए प्रमाणका साथ आए कारबाही गर्ने छु ।’

गिटीबालुवा बेचबिखनको टेन्डर, काम गर्दै जाँदा गाउँ नै बग्ने अवस्था, सिधा बाटो बनाउने स्थानमा सोही खर्चमा टनेल मार्ग बनाउनु पर्ने अवस्थाले पनि काममा ढिलाईँ भएको पाएको उनको भनाइ थियो । किमाथांकामा सेनाले अत्यन्तै कठिन स्थानमा ट्रयाक खोलिरहेको भन्दै उनले प्रशंसा गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved