उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने

नेपालभ्युज

उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने
फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने भएको छ ।

आज बिहान बसेको पदाधिकारी बैठकले इलाम २ मा हुने प्रतिनिधिसभा र बझाङ (१)मा हुने प्रदेशसभाको उपनिर्वाचनमा आफै उम्मेदवारी दिने निर्णय गरेको हो।

इलाम २ का लागि माओवादीले चार जना उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ ।

बझाङमा प्रक्रिया अगाडि बढाएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved