पूर्वी तथा मध्य पहाडी भेगमा मेघ गर्जन सहित वर्षाको सम्भावना

नेपालभ्युज

पूर्वी तथा मध्य पहाडी भेगमा मेघ गर्जन सहित वर्षाको सम्भावना

काठमाडौं । स्थानीय वायुको प्रभावका कारण मुलुक(Nepal)का पूर्वी तथा मध्य भेगका पहाडी भेगमा आंशिक देखि साधारणतया बदली रहने छ भने बाँकी भू – भागमा आंशिक बदली देखि मौसम सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेश र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात(snowfall)को सम्भावना छ ।

आज राती कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । कोशी, बागमती, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २६ दशमलव ३ डिग्री पुग्ने अनुमान गरिएको छ ।

#nepalsweather

#lightening

#kathmandu

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved