डेन्टल स्क्रिनिङदेखि डिजिटल अभियानसम्म पेप्सीडेन्टको सहकार्य

नेपालभ्युज

डेन्टल स्क्रिनिङदेखि डिजिटल अभियानसम्म पेप्सीडेन्टको सहकार्य

कठमाडौं । विश्व मौखिक स्वास्थ्य दिवस २०२४ को लागि पेप्सीडेन्ट ब्रान्डले विभिन्न समुदायहरूमा मौखिक स्वास्थ्य र स्वच्छतालाई प्रवर्द्धन गर्नको लागि मार्च महिनाभर विभिन्न गतिविधिहरू सम्पन्न गरेको छ।

मानव शरीरको सम्पूर्ण स्वास्थ्यको लागि दन्त तथा मौखिक स्वास्थ्य र स्वच्छता अपरिहार्य रहेको तथ्यलाई पेप्सीडेन्ट नेपालले प्रवर्द्धन गर्दै आएको उक्त ब्रान्डले यस्तो घोषणा गरेको हो ।

स्वस्थ जीवनको लागि आवश्यक विभिन्न उत्पादनहरू प्रदान गर्दै शैक्षिक अभियानद्वारा व्यक्तिगत रूपमा सबैलाई स्वस्थ मुस्कान र दाँतमा असर गर्ने किटाणुहरूविरुद्ध लड्ने चेतना पुराएको ब्रान्डको दाबी छ ।

२० मार्च, २०२४, विश्व मौखिक स्वास्थ्य दिवसको अवसरमा पेप्सीडेन्ट नेपालले नेपाल डेन्टल एसोसिएसनसँगको साझेदारीमा ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ नाराका साथ एक दन्त स्वास्थ्य जागरूकता कार्यक्रमको आयोजना गरेको थियो ।

काठमाडौँ, भक्तपुर र ललितपुरका १५ स्थानहरूमा आयोजित सो कार्यक्रमले ३५०० सहभागीहरूलाई दन्त तथा मौखिक स्वास्थ्य सम्बन्धी शिक्षा प्रदान गर्दै ब्रान्ड सचेतना पनि बढाउने लक्ष्य राखेको थियो ।

७०–८० स्वयंसेवक र १०-२० दन्त कार्यकारी अधिकृतहरू रहेको १०० जनाको टोली सहित यस कार्यक्रमले सहभागीहरूलाई आकर्षक क्रियाकलापहरूमा संलग्न गराएको थियो ।

सो अभियानलाई सामाजिक सञ्जालका १२ इन्फ्लुएन्सरहरूको सहकार्यमा पनि प्रवर्द्धन गरिएको थियो । सबैलाई विश्व मौखिक स्वास्थ्य दिवस २०२४ को अभियानमा साथ दिन प्रोत्साहन गर्दै यस डिजिटल अभियानले ३८ लाख रिच र ६२ लाख इम्प्रेसन हासिल गरेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved