एआईआईबीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

नेपालभ्युज

एआईआईबीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)लाई नेपालमा लगानी गर्न उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल(chandra prasad dhakal)ले आग्रह गरेका छन् ।

मंगलबार चन्द्रागिरिमा भएको एआईआईबीको सञ्चालक समितिका पदाधिकारीहरू र नेपालको निजी छेत्रका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष ढकालले AIIB लाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

भेटमा नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरहरूको खोजीमा विशेष छलफल भएको थियो । आफ्नो धारणा राख्दै महासंघका अध्यक्ष ढकालले नेपाल विकासको अपार सम्भावना भएको देश भएको बताए ।

उनले AIIB बोर्डका पदाधिकारीहरूलाई निजी क्षेत्र AIIB जस्ता संस्थाहरूसँग रणनीतिक साझेदारीमार्फत यस सम्भावनाको फाइदा लिन उत्सुक रहेको जानकारी दिए ।

ढकालले नेपाल रणनीतिक रूपमा दुई ठुला अर्थतन्त्र भारत र चीनको बिचमा रहेकोले नेपालमा उत्पादित वस्तुलाई विश्वका दुई ठुला बजारमा सहज पहुँच पुर्‍याउन सक्ने बताए । ढकालले नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन र कृषिमा लगानीको सम्भावना रहेको बताए ।

महासंघका अध्यक्ष ढकालले नेपाल सरकारले देशको लगानीको वातावरण सुधार गर्न १२ वटा ऐन परिमार्जन गर्ने प्रक्रियामा रहेको AIIB बोर्ड पदाधिकारीहरूलाई जानकारी गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved