‘सूचना बोर्ड’ खोजिदिन काठमाडौं प्रहरीलाई महानगर प्रहरीको अनुरोध

नेपालभ्युज

‘सूचना बोर्ड’ खोजिदिन काठमाडौं प्रहरीलाई महानगर प्रहरीको अनुरोध

काठमाडौं । काठमाडौं महानगर प्रहरीले सूचनाका लागि राखेको बोर्ड हराएको भन्दै खोजिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएको छ ।

मंगलबार महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले उजुरी दिएका हुन् ।

कंलकीदेखि बसुन्धरासम्मका ९ स्थानमा जनतालाई सुसूचित गर्न राखेको सूचना बोर्ड हराएको र चोरी भएको सम्बन्धमा आवश्यक छानबिन/अनुसन्धान गरी दोषीउपर हदैसम्मको कारबाही गरी गर्न उजुरीपत्रमा माग गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved