रास्वपालक्षित गगन थापाको टिप्पणी : नेपाली राजनीतिमा छट्टुहरु हाबी भए

नेपालभ्युज

रास्वपालक्षित गगन थापाको टिप्पणी : नेपाली राजनीतिमा छट्टुहरु हाबी भए

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुने थालेको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

रास्वपा नेताहरूप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम सुरू गरेको आरोप समेत लगाए ।

मुलुकलाई छट्टु भन्दा पनि गति र मति दुवै भएको नेताहरू जरूरी रहेको बताए । झुक्याउने खालको छट्टुहरू नेपाली राजनीतिले नचाहेको थापाको भनाई छ ।

महामन्त्री थापाले कांग्रेसभित्र पनि मति बिग्रेका नेताहरू भएको भन्दै त्यसमा सुधार गरेर अघि बढनुपर्ने स्वीकार गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved