गृहमन्त्री लामिछानेको निर्देशन : श्रमिकलाई विमानस्थलमा अभद्र व्यवहार नगर्नू

नेपालभ्युज

गृहमन्त्री लामिछानेको निर्देशन : श्रमिकलाई विमानस्थलमा अभद्र व्यवहार नगर्नू

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने (Rabi Lamichhane)ले श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी नदिन अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन् ।

मंगलबार अध्यागमन विभागको कार्यालय कालिकास्थानमा ब्रिफिङ गर्दै गृहमन्त्री लामिछानेले सहानुभूतिसहित सकारात्मक व्यवहार गर्दै विगतका प्रवृत्ति सुधार्न भनेका छन् ।

अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्ने उनको भनाई छ । साथै, जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधन सम्पन्न बनाउन केही चुनौती रहेको लामिछानेले बताए ।

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए ।

त्यस्तै, विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतिबारे जानकारी गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved