बाँकेमा श्रीमानद्वारा २१ वर्षिया श्रीमतीको हत्या

नेपालभ्युज

बाँकेमा श्रीमानद्वारा २१ वर्षिया श्रीमतीको हत्या
सांकेतिक तस्वीर।

काठमाडौं । बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहार गरेर श्रीमानले धारिलो हतियार प्रहारगरि श्रीमतीको हत्या (murder)गरेका छन् ।

कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा २२ वर्षिय अनिल विकले २१ वर्षिया श्रीमती सुशीला सुनारको हत्या गरेका हुन् ।

विक पर्वतिपुरकै एउटा फ्याक्ट्रीमा काम गर्ने कामदार हुन् । बर्दियाको बाँसगढी घर भएका विक कोहलपुर बस्दै आएका थिए ।

श्रीमानको छुरा प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । श्रीमान् अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । हत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

#Banke

#kohalpur

#Husbandkillswife


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved