आरसीबीसँग पञ्जाब किङ्स ६ विकेटले पराजित

नेपालभ्युज

आरसीबीसँग पञ्जाब किङ्स ६ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग IPL (आईपीएल)मा  रोयल च्यालेन्जर्स बेंगलोर (RCB) ले पहिलो जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा पञ्जाब किङ्सलाई आरसीबीले ६ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको १७७ रनको लक्ष्य आरसिबिले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर भेट्टायो। आरसीबिका लागि विराट कोहलीले ५९ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ७७ रन बनाए । २ ओभरमा २३ रन चाहिएको अवस्थामा हर्षिल पटेलको १९औं ओभरमा कार्तिकले एक चौका र एक छक्का सहित १३ रन बनाएका थिए ।

पञ्जाबका लागि कागिसो रबाडा र हरपृत ब्रारले समान २–२ विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थिया । पञ्जाबका लागि कप्तान शिखर धवनले सर्वाधिक ४५ रन बनाए।

यस्तै जितेश शर्माले २७, प्रभसिम्रन सिंहले २५ तथा श्याम करनले २३ रन बनाए । आरसिबिका लागि मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले समान २–२ विकेट लिए । आईपीएलमा आज चेन्नई सुपरकिङ्स र गुजरात टाइटन्स भिड्ने छन् ।

#RCB

#Royaalchallengers

#Punjabkings


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved