देश भर आंशिक बदली, केही स्थानमा मेघगर्जन सहितको वर्षा

नेपालभ्युज

देश भर आंशिक बदली, केही स्थानमा मेघगर्जन सहितको वर्षा

काठमाडौं । बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली हुनेछ । तराईका भू–भागमा भने आंशिक बदली देखि मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली हुनेछ । कोशी प्रदेशका केही स्थान र मधेश, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै कोशी र बागमती प्रदेशका उच्च भू–भागका केही स्थानमा हल्का हिमपात (snowfall)को सम्भावना छ । आज राती देशभर आंशिक बदली हुने महाशाखाको अनुमान छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन /  चट्याङ्ग (lightening) सहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

नेपालको मौसममा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव परेको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २७ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ । गत २४ घण्टामा काठमाडौंमा १ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।

#kathmandu

#weather

# मौसम


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved