सरकारसँग समन्वय गर्न एकीकृत समाजवादीले बनायो समिति

नेपालभ्युज

सरकारसँग समन्वय गर्न एकीकृत समाजवादीले बनायो समिति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सरकार र पार्टीबीच समन्वय गर्न उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा आइतबार बसेको सचिवालय बैठकले समिति गठन गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

समितिको सदस्यमा उपमहासचिव प्रकाश ज्वाला, सचिव श्रेष्ठ, मन्त्रीद्वय भानुभक्त जोशी र धनबहादुर बुढा छन् ।

साथै, बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नामावली तय गर्ने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved