जीवी राईलाई पक्राउ गर्न सरकारले पूरै शक्ति लगाएको छ, छ्टि्टै समातिन्छन्: गृहमन्त्री रवि

नेपालभ्युज

जीवी राईलाई पक्राउ गर्न सरकारले पूरै शक्ति लगाएको छ, छ्टि्टै समातिन्छन्: गृहमन्त्री रवि
फाइल फोटो

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको पैसा अपचलन गरी फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको बताएका छन् ।

आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।

गृहमन्त्री रविले भने, ‘‘काहीँकतै कसैलाई कानुनले जे भन्छ त्यही गर्ने हो । निर्दोष नफसोस् दोषी नउम्कियोस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । त्यहीअनुसार काम हुन्छ ।’’

प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उनले दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved