कांग्रेसलाई गृहमन्त्री लामिछानेको चुनौती-सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउनु

नेपालभ्युज

कांग्रेसलाई गृहमन्त्री लामिछानेको चुनौती-सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउनु

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसलाई सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् ।

शनिबार साँझ फेसबुकमार्फत एक स्टाटस शेयर गर्दे गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । उनले सुर्यदर्शन सहकारी प्रकरणबारे आफू सार्वजनिक बहस गर्न तयार रहेको समेत स्टाटसमा बताएका छन् ।

लामिछानेले कांग्रेस नेताहरूले भनेको दिन, स्थान र समयमा सार्वजनिक बहस गर्न तयार रहेको  बताएका छन् ।  ‘तपाईंहरुले भनेको दिन, स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौँ। त्यो बहस काठमाडौँ–४ मा भए राम्रो’ उनले भनेका छन् ‘म एक्लै आउँछु, तपाईं आफ्ना विज्ञ, पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनुहोला।’

उक्त बहस लाइभ गरेर सिंगो देशलाई देखाउनुपर्ने बताउँदै उनले लेखेका छन्, ‘सारा देशका अगाडी तपाईंहरुले मलाई सुर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नुहोला। तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदातामाथि न्याय गर्नैपर्छ। जवाफ दिनैपर्छ। मेरो यो प्रस्तावको जवाफमा तपाईंहरुले कहिँ,कतै, केही लेख्न बोल्न पर्दैन। दायाँ बायाँ केही कुरा नगर्नुहोला। वस्, तपाईं मलाई यत्ति मात्र भन्नुस्, म कहिले कहाँ तपाईंका आरोपहरुको जवाफ दिन आउँ ?’

गृहमन्त्री लामिछानेले कांग्रेसले आफूमाथि कयौं प्रश्नहरु सदनमा निरन्तर उठाइरहेको बताए । उनले आफूले त्यसको जवाफ सदनमा उभिएर दिन चाहेको तर  प्रधानमन्त्रीको जवाफ पाएपछि कांग्रेसलाई अब फेरि संसदीय समिति चाहिएको  बताएका छन् ।

उनले सुर्यदर्शन सहकारीको मुद्दामा आफू प्रतिवादी भएको जानकारी नभएको बताउँदै प्रश्न गरेका छन्, ‘सम्मानित अदालतमा सुर्यदर्शन सहकारीको मुद्दा चलिरहेको छ भन्ने सुनेको छु तर मुद्दामा म प्रतिवादी भएको जानकारी छैन, कसैको बयानमा समेत मेरो नाम संलग्न भएको जानकारी छैन, न मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ, न म त्यसको सदस्य वा पदाधिकारी हुँ, न त्यहाँको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु। अदालतले हेरिरहेको सुर्यदर्शन सहकारीको यो मुद्दामा संसदमा नन् स्ट्प बहस हुनु र अझ संसदीय समिति माग्नु कानुनी हिसाबले के कति जायज होला ??’

लामिछानेले प्रमाण भेटिँदा बालकृष्ण खाणलाई घरबाट टिपेर लैजाने कांग्रेसले प्रमाण पाएको भए आफूलाई  यत्तिका समयसम्म माया लागेर छाडेको हो भन्दै प्रश्न समेत गरेका छन्  ।

यस्तो छ  उनको स्टाटस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved