गर्मीमा तातो पानी पिउनु गलत कि सही ?

नेपालभ्युज

गर्मीमा तातो पानी पिउनु गलत कि सही ?

एजेन्सी । गर्मी मौसम शुरु भएसँगै धेरै चिसो चिज मात्र खान तथा पिउन मन पर्छ । तर कतिपय त्यस्ता व्यक्ति हुन्छन् जसले जाडोमा सम्पूर्ण समय मनतातो पानी नै पिउने बानी परिरहेका हुन्छन् । तर गर्मी लागेसँगै तातो पानी पिउन मन पर्दैन ।
यस्तोमा तपाईंले यो जान्न एकदमै जरुरी हुन्छ कि के गर्मीमा मानिसले तातो पानी पिउनु पर्छ ? के मौसममा भएको परिवर्तनसँगै तपाईंको यो बानीले स्वास्थ्यमा नोक्सान पुर्‍याउन सक्छ ? यदी तपाईंले यी प्रश्नको जवाफ खोजिरहनु भएको छ भने गर्मीमा तातो पानी पिउनुका फाइदा पनि छन् र नोक्सान पनि  । आउनुहोस् यी फाइदा र नोक्सानका बारेमा जानौं ।

  • तातो पानी पिउनु पाचन प्रणालीका लागि राम्रो मानिन्छ । यसले भोजनलाई खण्डित गर्ने र पोषक तत्वहरुलाई शरीरमा राम्रोसँग अब्जर्ब हुन सहयोग गर्छ । यस्तोमा पाचन प्रक्रिया सही तरिकाले सम्पन्न हुन्छ ।
  • तातो पानीले मेटाबोलिज्म तेज बनाउन सहयोग गर्छ । जसले गर्दा शरीरमा धेरै भन्दा धेरै फ्याट बर्न हुन्छ र तौल घटाउन पनि सजिलो हुन्छ । त्यसैले बिहान उठेर तातो पानी पिउनु एकदमै फाइदाजनक हुन्छ ।
  • तातो पानी पिउँदा शरीरका रक्तकोषिकाहरु फैलन्छन् । यसले रक्तसञ्चारमा सुधार आउँछ र मांसपेशीहरुले आराम पाउँछन् । यसले शरीरलाई विभिन्न समस्याहरुबाट जोगाउन सकिन्छ ।

गर्मी मौसममा तातो पानी पिउनुका केही नोक्सान पनि छन् । ती नोक्सानका बारेमा पनि जानौं–

  • गर्मीमा तातो पानी पिउँदा कतिपय अवस्थामा पेटमा गर्मी बढ्छ । यसले मुख तथा जिब्रोमा घाउ बन्ने, अपच जस्ता समस्या पनि हुन सक्छन् । त्यसैले एकदमै तातो पानी पिउनु कतिपय अवस्थामा हानिकारक हुन सक्छ । त्यसैले मनतातो पानी मात्र पिउनुहोस् ।
  • गर्मीमा तातो पानी पिउँदा कतिपय मानिसलाई वान्ता आउने तथा वाकवाकी हुने जस्तो समस्या पनि हुन्छ । यस्तोमा तपाईं आवश्यकता भन्दा धेरै तातो पानी नपिउनुहोस् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved