आपले भन्यो : मदिरा घोटालामा आरोपितले भाजपालाई चन्दा दिएका छन्

नेपालभ्युज

आपले भन्यो : मदिरा घोटालामा आरोपितले भाजपालाई चन्दा दिएका छन्

काठमाडौं । आम आदमी पार्टी (आप)ले मदिरा नीति मामिलामा भारतीय जनता पार्टी बीजेपीले नै आरोपितबाट पैसा खाएको आरोप लगाएको छ ।

पार्टी अध्यक्ष एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेपछि पत्रकार सम्मेलन गर्दै आपले यस्तो बताएको हो ।

दिल्लीकी शिक्षामन्त्री आतिशीले भनिन्, ‘दुई वर्षको अनुसन्धान, सयौं छापा र हजारौं मानिससँग सोधपुछपछि कथित मदिरा नीति मामिलाको एक रुपैयाँ पनि आम आदमी पार्टीमा पुगेको प्रमाणित छैन । सर्वोच्च अदालतले मनी ट्रेल कहाँ छ भनेर पनि सोधेको छ ।’

‘केजरीवाललाई यो कथित घोटालामा एक व्यक्तिको बयानमा पक्राउ गरिएको हो । यी व्यक्ति हुन् शरदचन्द्र रेड्डी । उनका कम्पनीहरू अरबिन्दो फार्मा, एपीएल हेल्थ केयर र युजिया फार्मा हुन्।’ उनले थपिन् ।

आतिशीले घोटालाबारे अनुसन्धान गरिरहेको ईडी पैसा कमाउने धन्दामा लागेको आरोप लगाइन् ।

आतिशीले भनिन्, ‘ईडी पैसा कमाउने धन्दामा लागेको छ । यता, शरदचन्द्र रेड्डीले चुनावी बन्डमार्फत् भाजपालाई पैसा दिएका छन् । पहिले साढे चार करोडको ऋणपत्र दिइएको थियो । त्यसपछि भाजपालाई ५५ करोडको बन्ड दिएका छन् ।’

‘आखिरमा मदिरा व्यवसायीहरूले कसलाई पैसा दिए ? कसलाई दिए ? र कहाँ गयो ? म प्रधानमन्त्री र उनको दाहिने हात ईडीलाई चुनौती दिन्छु। हामीलाई थाहा छ कि सबै पैसा भाजपाको खातामा गएको छ । भाजपाका राष्ट्रिय अध्यक्ष नड्डालाई गिरफ्तार गर्नुपर्छ।’ आतिशीले भनिन् ।

ईडीले केजरीवाललाई ६ दिन हिरासतमा लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved