रोटीमा घ्यू लगाएर किन खाइन्छ ? जानौं वैज्ञानिक कारण

नेपालभ्युज

रोटीमा घ्यू लगाएर किन खाइन्छ ? जानौं वैज्ञानिक कारण

एजेन्सी । दूधलाई दही बनाएर त्यसबाट निकालेको नौनीबाट घ्यू बनाइन्छ । यो स्वास्थ्यका लागि एकदमै फाइदाजनक पनि मानिन्छ । घ्यूले इम्युनिटी बढाउँछ, पाचन राम्रो बनाउँछ, शरीरमा तागत दिन्छ, खराब कोलेस्ट्रोल कम गर्छ ।

यसमा भिटामिन के पनि पाइन्छ जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।

धेरैजसो मानिसहरू रोटीमा घ्यू लगाएर खान मन पराउँछन् । केहीले थोरै मात्रामा घ्यू लगाउँछन् भने कतिपयलाई एकदमै धेरै घ्यू लगाएर मात्र रोटी खान मन पर्छ । तर के तपाईँलाई रोटीमा घ्यू लगाएर किन खान्छन् थाहा छ ? यसको पछाडि वैज्ञानिक कारण लुकेको छ ।

खास गरी रोटी गहुँ वा अन्य अनाजहरूबाट बन्छ जसमा कार्बोहाइड्रेट«टको मात्रा अत्यधिक हुन्छ । साथमा प्रोटिन र फाइबर पनि पाइन्छ । यसले पाचन प्रणालीमा फाइदा गर्छ साथमा यसले पेटलाई लामो समयसम्म भरिएको महसुस पनि गराउँछ ।

डाक्टरको भनाईअनुसार रोटीमा घ्यू लगाउँदा त्यसको ग्लाइसेमिक इन्डेक्स कम हुन्छ । यानिकी त्यसले तपाईँको रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्छ जसले गर्दा सुगर बढ्दैन ।

घ्यू लगाएको रोटी खाँदा तपाईँको मेटाबोलिज्म सही रहन्छ जसले गर्दा लामो समय भोक पनि लाग्दैन । सन्तुलितमा घ्यू रोटीमा लगाउँदा तपाईँको शरीरको फ्याट पनि बर्न हुन्छ जसले गर्दा मेटाबोलिज्म बढ्छ ।

साथमा घ्यूले दिमागको कार्यक्षमता पनि राम्रो बनाउँछ र हड्डी बलियो बनाउँछ । साथमा नर्वस सिस्टम पनि बलियो बनाउँछ । त्यसैले सीमित मात्रामा रोटीमा घ्यू लगाएर खानु वैज्ञानिक रुपमा पनि फाइदाजनक मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved