जेलमा ‘उचित हेरचाह’ नगरेको आरोपमा नाभाल्नीको आमाले दायर गर्न खोजेको मुद्दा अस्वीकार

नेपालभ्युज

जेलमा ‘उचित हेरचाह’ नगरेको आरोपमा नाभाल्नीको आमाले दायर गर्न खोजेको मुद्दा अस्वीकार

मस्को । रूसी अदालतले दिवंगत रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीकी आमा ल्युडमिला नाभाल्नीको मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । क्रेमलिनका कट्टर आलोचक रहेका नभाल्नीले जेलमा पर्याप्त चिकित्सा सेवा नपाएको र उनको मृत्यु भएका उनकी आमाले आरोप लगाएको अल जजिराले उल्लेख गरेको छ ।

नाभाल्नीले सुरु गरेको भ्रष्टाचार विरोधी फाउन्डेसनका प्रमुख इभान झदानोभले बिहीबार लाबिटनाङ्गी सहरको अदालतले नाल्भानीले मात्रै उजुरी गर्न सक्ने भन्दै मुद्दा अस्वीकार गरिएको बताए । नभाल्नीले रूसी राज्यहरूमा चिकित्सा सेवा प्रदान गर्न असफल भएकोमा धेरै पटक मुद्दा दायर गरेको झदानोभले टेलिग्राममा साभार गरेका छन् ।

नाभाल्नीको परिवार र समर्थकहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उनको हत्या गरेको आरोप लगाएका छन् । क्रेमलिनले आरोप अस्वीकार गरेको छ । नाभाल्नीकी विधवा युलिया नाभाल्नीले बिहीबार अदालतले मुद्दा अस्वीकार गरेको पुष्टि गरेका  छन् ।

रूसी जेल अधिकारीहरूले क्रेमलिन आलोचक बेहोस भएको र फेब्रुअरी १६ मा “पोलर वुल्फ“ जेल बाहिर हिँडेपछि उनको मृत्यु भएको दाबी गरेका छन् । तीन दशकको सजाय भोगिरहेका नाभाल्नीको मृत्यु प्रमाण–पत्रमा उनको मृत्यु ‘प्राकृतिक कारण’ बाट भएको उल्लेख छ । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved