प्रेममा धोका पाएपछि स्कुटर सिकाउने बहानामा प्रेमिकाको हत्या, भागे पनि यसरी परे प्रहरीको फन्दामा

नेपालभ्युज

प्रेममा धोका पाएपछि स्कुटर सिकाउने बहानामा प्रेमिकाको हत्या, भागे पनि यसरी परे प्रहरीको फन्दामा

काठमाडौं । तीन दिन अगाडि धरानमा २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्नले प्रेममा धोका पाएपछि हत्या गरेको बताएका छन् ।

धरान १८ स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबिचमा रहेको एकान्त खोल्सामा मृत फेला परेकी सुमनाको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रबार पत्रकार सम्मेलन गरी घटनाका अभियुक्त भनिएका श्रेष्ठको प्रेमीसमेत रहेका बाबुराम भुजेललाई सार्वजनिक गरेको हो ।

धरान १६ बस्ने १९ वर्षीय सहिन भन्ने बाबुराम भुजेलको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको थियो ।

२ वर्षदेखि फेसबुक मार्फत प्रेम सम्बन्ध भएको बाबुरामले बताएका छन् । गत पुसमा भने सुमना श्रेष्ठले ग्लोबलोरिन्स धरानमा काम गर्न थालेपछि भने सोही कम्पनीमा काम गर्ने अर्का व्यक्तिसँग उनी नजिकिएकी थिइन् । सोही कुरा थाहा पाएका बाबुराम भुजेल र सुमनाबिच विवाद भएको थियो ।

प्रेममा खटपट पछि चैत ६ गते सुमनालाई भेट्न बाबुराम धरान आएका थिए । साँझदेखि नै भेटघाट गरी भुजेलले आफ्नो स्कुटरमा सुमनालाई राखी स्कुटर चलाउन सिकाउँदै रातको ९ बजेको समयमा हत्या भएको स्थानमा दुवैजना पुगेको प्रहरीले बताएको  छ ।

घटनाको अनुसन्धानपछि प्रहरीले खोजी गर्ने क्रममा भुजेललाई धनकुटाको धनकुटा नगरपालिका ९ मुलघाटमा लुकेर बसेको अवस्थामा बिहीबार फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved