अफगानिस्तानमा भएको आत्मघाती हमलामा २१ जनाको मृत्यु, आईएसले लियो जिम्मा

नेपालभ्युज

अफगानिस्तानमा भएको आत्मघाती हमलामा २१ जनाको मृत्यु, आईएसले लियो जिम्मा

काठमाडौं । अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा भएको आत्मघाती बम विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ ।

बिहीबार भएको उक्त बम विस्फोटमा २१ जनाको मृत्यु भएको छ । तालिबान सरकारले शहरको बैंकमा आत्मघाती बम विष्फोट भएको जनाएको छ।

आईएसले बम विष्फोटको जिम्मेवारी लिएको छ । साथै, तालिबानलाई लक्षित गरेको विष्फोट गरेको जनाएको छ ।

आईएसको समाचार एजेन्सी अमाकले आक्रमणकारीले करिब १५० तालिबानी सदस्यहरूबीच विस्फोटक पदार्थ विस्फोट गराएको उल्लेख गरेको छ ।

यो अफगानिस्तानमा यस वर्षको सबैभन्दा ठूलो विस्फोट हो । सरकारी कर्मचारी तलब लिन लाइनमा उभिरहेका बेला बैंकको शाखामा बम विष्फोट भएको हो ।

बीबीसीले उक्त विस्फोटमा ५० जना घाइते भएको जनाएको छ ।

कान्दाहार तालिबानको शक्ति केन्द्र हो । तालिबानका सर्वोच्च कमाण्डर यहाँ बस्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved