केजरीवाल पक्राउ परेसँगै आम आदमी पार्टी र दिल्ली सरकार संकटमा

नेपालभ्युज

केजरीवाल पक्राउ परेसँगै आम आदमी पार्टी र दिल्ली सरकार संकटमा

काठमाडौं । आम आदमी पार्टी (आप)का शीर्ष तहका अधिकांस नेता जेलपरेपछि पार्टीको भविष्य संकटमा परेको छ ।

पार्टी अध्यक्ष एवं मुख्यमन्त्री अरविन्द केजरीवाल नै प्रहरी नियन्त्रणमा परेपछि पार्टी मात्र नभइ दिल्ली सरकारको भविष्य  नै अन्योलमा परेको हो ।

आफ्नो पार्टीलाई फाइदा पुग्ने गरी दिल्ली सरकारले मदिरा नीतिमा फेरबदल गरेको आरोपमा केजरीवाललाई त्यहाको कर विभागले पक्राउ गरेपछि आम आदमीका नेता, कार्यकर्ताले पार्टीको भविष्यलाई लिएर चिन्ता व्यक्त गर्न थालेका छन् ।

यसअघि आपका शिर्षमध्येका एक दिल्लीका पूर्व स्वास्थ्यमन्त्री सत्येन्द्र जैन, पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया र राज्यसभा सांसद संजय सिंह पक्राउ परिसकेका छन् ।

आपका सबैजसो नेता भ्रष्टाचारको आरोपमा जेलमा पुगेपछि आपमाथि नेतृत्वको संकट उत्पन्न भएको हो ।

केजरीवालको अनुपस्थितीमा सरकार र पार्टी चलाउने दक्ष नेता को हुनेमा आम चासो बढ्न थालेको छ ।

लोकसभा चुनावको मुखैमा अध्यक्ष केजरीवाल नै पक्राउ परेपछि पार्टी अभिभावक विहिन भएको छ ।

आपले दिल्ली, पञ्जाब,हरियाण र गुजरातमा चुनावी कार्यक्रमको आयोजना गरिसकेको थियो । केजरीवालको अनुपस्थितीमा ति कार्यक्रम प्रभावकारी नहुने भन्दै नेता कार्यकर्ताले खिन्नता व्यक्त गरेका छन् ।

केजरीवाल पक्राउ पर्ने सम्भावना भइरहदा यअसघि पार्टी भित्र आगामी नेतृत्वका विषयमा केजरीवाल पत्नी सुनीता केजरीवाल, दिल्ली सरकारका मन्त्री अतिशी र नेता सौरभ भारद्वाजका नाममा छलफल भएको थियो ।

यद्यपी कतिपयले भने केजरीवालले जेलबाटै सरकार चलाउने भन्दै राजीनामा नदिने तर्क गरेका छन् ।

अभियोग लाग्दैमा कोही दोषी नहुने भन्दै मन्त्री अतिशीले भारतको कानूनले जेलबाट सरकार चलाउन प्रतिबन्ध नलगाएको जिकिर गरेका छन् ।

यसैबीच केजरीवाललाई पक्राउ गरेपछि त्यहाँका विपक्षी नेताहरूले पनि सरकारको निन्दा गरेका छन् ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले भाजपाले चुनावअघि विपक्षीलाई गैरकानूनी माध्यमबाट कमजोर बनाउन खोजिरहेको आरोप लगाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved