आजदेखि आईपीएल सुरु हुँदै, उद्घाटन खेलमा चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैङ्लोर भिड्दै

नेपालभ्युज

आजदेखि आईपीएल सुरु हुँदै, उद्घाटन खेलमा चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैङ्लोर भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७ औँ संस्करण आजदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहने छ । उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंङ्गलोर भिड्दैछन् ।

उद्घाटन खेलअघि चेन्नईस्थित चिदम्बरम क्रिकेट रंगशालामा प्रतियोगिताको भब्य उद्घाटन समारोहको आयोजना गरिदैछ । उद्घाटन समारोहमा प्रस्तुतीका लागि बलिउडका चर्चित कलाकारलाई बोलाइएको छ ।

यो संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदराबादको सहभागिता रहने छ ।

लोकसभा चुनावका कारण आईपीएलका सबै खेल तालिका सार्वजनिक गरिएको छैन । प्रतियोगितामा जम्मा ७४ वटा खेल हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved