जुआन बनिन् भियतनामको कार्यवाहक राष्ट्रपति

नेपालभ्युज

जुआन बनिन् भियतनामको कार्यवाहक राष्ट्रपति

काठमाडौं । बिहीबार भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा दिएको भोलीपल्ट जुहानलाई कार्यवाहक राष्ट्रपति बनाइएको हो ।

भियतनामी राष्ट्रियसभा (एनए)को असाधारण अधिवेशनमा उक्त निर्णय गरिएको भियतनामी समाचार एजेन्सीले जनाएको छ ।

नयाँ राष्ट्रपति चयन नहुञ्जेलसम्म जुआनले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने राष्ट्रिय सभा स्थायी समितिले जनाएको छ ।

बैठकले थुओङलाई सन् २०२१/२६ को राष्ट्रपति र राष्ट्रियसभाका १५औं उपप्रमुखको कार्यकालबाट पनि पदमुक्त गरेको छ ।

निवर्तमान राष्ट्रपति थुओङले कानुनी ‘उल्लङ्घन र कमी कमजोरी’का लागि आफू दोषी रहेको स्विकार गर्दै राष्ट्रपति पदबाट राजीनामा दिएका थिए ।

भियतनाम समाचार एजेन्सीका अनुसार राष्ट्रपति थुओङले पार्टी, राज्य र जनताप्रतिको आफ्नो जिम्मेवारीप्रति पूर्ण सजग रहेर राष्ट्रपतिको पदबाट राजीनामा दिएको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved