बागमती, कोशी र मधेसमा आज पनि मेघगर्जन सहित वर्षा, उच्च भेगमा हिमपात जारी

नेपालभ्युज

बागमती, कोशी र मधेसमा आज पनि मेघगर्जन सहित वर्षा, उच्च भेगमा हिमपात जारी
फाइल तश्वीर

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहारमा सिर्जित न्यून चापीय प्रणालीका कारण नेपालको मौसम प्रभावित भएको छ । यसकै प्रभावका कारण आज देशै भर आंशिक देखि समान्यतया बदली रहने छ ।

कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा आज पनि मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च भेगमा हिमपात जारी छ ।

मधेस र कोशी प्रदेशका तराईका जिल्लामा आज दिउँसो हावा– हुरी चल्ने छ । आज राती भने पहाडी भू–भागमा बदली हुनेछ भने गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा वर्षा हुने महाशाखाको अनुमान छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १५ दशमलव ४ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

गत २४ घण्टामा काठमाडौंमा ९ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै मधेस प्रदेशमा वर्षा भएको महाशाखाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved