श्रीमतीको हत्या गरेर श्रीमान्‌ले गरे आत्महत्या

नेपालभ्युज

श्रीमतीको हत्या गरेर श्रीमान्‌ले गरे आत्महत्या

काठमाडौं ।  मोरङको बेलबारीमा श्रीमतीको हत्यापश्चात् श्रीमान्‌ले आत्महत्या गरेका छन् ।

बेलबारी १ मा ५० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया श्रीमती गीता लिम्बूको गएराति हत्या गरेका हुन् ।

उनले छोरालाई पनि आक्रमण गर्न खोजेको तर, छोराले भने भागेर ज्यान जोगाएका थिए ।

घरायसी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

गीताको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको हो ।

श्रीमतीको हत्यापछि बमबहादुरले आफ्नै घाँटीमा धारिलो हतियारले रेटेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।

गम्भिर घाइते भएका बमबहादुरलाई छिमेकीले अस्पताल पुयाएका थिए । बमबहादुरको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।

लिम्बु परिवार ४ वर्षदेखि बेलबारीमा डेरामा बस्दै आएका थिए । बमबहादुरले जेठी श्रीमतीको मृत्यु पछि कान्छी श्रीमती ल्याएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved