मध्य र पूर्वी क्षेत्रमा मेघगर्जन सहित वर्षा, उच्च भेगमा हिमपात जारी

नेपालभ्युज

मध्य र पूर्वी क्षेत्रमा मेघगर्जन सहित वर्षा, उच्च भेगमा हिमपात जारी

काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन / चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना छ ।

ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपात भइरहेको छ ।

आज दिउँसो कोशी ,मधेश, बागमती र गण्डकी प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिक देखि समान्य बदली हुनेछ । आज राति कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा र पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २७ दशमलव ९ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved