कांग्रेसले परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ : ओली

'गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति सम्भव छैन'

नेपालभ्युज

कांग्रेसले परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले कांग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको आरोप लगाए ।

उनले सरकार भन्दा बाहिर हुने बित्तिकै कांग्रेसले आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरूद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु नहुने बताए ।

अध्यक्ष ओलीले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न कांग्रेसले संसदीय समितिको माग गरेपनि सम्भव नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved