नेप्सेमा सामान्य अङ्कको गिरावट, तीन अर्ब ६३ करोडको कारोबार

नेपालभ्युज

नेप्सेमा सामान्य अङ्कको गिरावट, तीन अर्ब ६३ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा कायम भएको छ ।

आज तीन सय सात कम्पनीको ९४ लाख ७८ हजार नौ सय ३३ कित्ता शेयर ६३ हजार आठ सय एक पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

वित्त समूह दुई दशमलव १०, जीवन बीमा समूह शून्य दशमलव ०६ र लघुवित्त समूह दुई दशमलव ०३ अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । आज सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव ३८ र व्यापार समूह एक दशमलव ३१ प्रतिशतले घटेको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम–२ सात दशमलव ०८ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको छ दशमलव ९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु २५ करोड ९७ लाख २२ हजार तीन सय ६७ बराबरको कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved