निसीखोला बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो, २४ घाइते

नेपालभ्युज

निसीखोला बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो, २४ घाइते

काठमाडौं । बागलुङको निसीखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

पश्चिम रुकुमबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विकास खनालले जानकारी दिए।

उक्त दुर्घटनामा २४ जना घाइते भएका छन् । बस सडकबाट  करिब तीन सय मिटर तल खसेको थियो । गाडीमा ३२ जना यात्रु रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved