उत्तर कोरियाद्वारा तीन ब्यालेस्टिक मिसाइल प्रहार

नेपालभ्युज

उत्तर कोरियाद्वारा तीन ब्यालेस्टिक मिसाइल प्रहार
फाइल फोटो

काठमाडौं । उत्तर कोरियाले सोमबार बिहान पूर्वी सागर(सी अफ जापान)मा तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले यो जानकारी दिएको हो ।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उत्तर कोरियाले जापानको सागरतर्फ मिसाइल प्रहार गरेको छ । जापानको कोस्ट गार्डले पनि यसको पुष्टि गरेको छ ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा रहेका बेला उत्तर कोरियाले यी मिसाइलहरू प्रहार गरेको हो ।

ब्लिन्केन आइतबार राति दक्षिण कोरियाको राजधानी सोल पुगेका थिए । सोमबार बिहान ७:४४ देखि ८:२२ बजेसम्म उत्तर कोरियाले दक्षिण कोरियातर्फ मिसाइल प्रहार गरेको थियो ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाले प्रहार गरेको मिसाइललाई उत्तेजक कार्य भनेका छन् । उनले यस्ता कार्यलाई कुनै हालतमा सह्य नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved