लुम्बिनी प्रदेश सभाको अधिवेशन शुक्रबार मध्यरातिदेखि अन्त्य हुने

नेपालभ्युज

लुम्बिनी प्रदेश सभाको अधिवेशन शुक्रबार मध्यरातिदेखि अन्त्य हुने

काठमाडौं । लुम्बिनी प्रदेश सभाको अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज मध्यराति १२ बजेदेखि अधिवेशनको अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले एक सूचना जारी गर्दै चालू अधिवेशन मध्यरातिदेखि अन्त्य हुने जनाएका छन् ।

लुम्बिनी सभाको बैठक चैत ४ गते बस्ने तयारी थियो । सत्ता समीकरण फेरबदलसँगै सरकारले अधिवेशन अन्त्य गर्नका लागि बिहीबार प्रदेश प्रमुखलाई पत्राचार गरेको थियो ।

सोही आधारमा प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन् । लुम्बिनी प्रदेशमा यसअघि यो अधिवेशन जम्मा ३ वटा मात्रै बैठक बसेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved