लघुवित्त पीडित र सरकारबीच वार्ता

नेपालभ्युज

लघुवित्त पीडित र सरकारबीच वार्ता

काठमाडौं । अर्थ मन्त्रालय र लघुवित्त पीडितबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।

अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई बुधबार वार्तामा बोलाएपछि बिहीबार वार्ता सुरु भएको  अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको हो ।

मन्त्री पुनले समितिलाई संघर्ष समितिसँग वार्ता गरी उनीहरुका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

समितिमा गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराई, कानुन मन्त्रालयका उपसचिव झइन्द्र गुरागाईं, नेपाल राष्ट्र बैंकका प्रतिनिधि र अर्थ मन्त्रालयका उपसचिव केशव उप्रेती छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved