स्वर्गीय बाबु छिरी शेर्पाको सम्झनामा ‘ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सुरू

नेपालभ्युज

स्वर्गीय बाबु छिरी शेर्पाको सम्झनामा ‘ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सुरू

काठमाडौं । स्वर्गीय आरोही बाबु छिरी शेर्पाको सम्झनामा ‘क्लाइम्बिङ’ प्रतियोगिता सुरू भएको छ ।

बौद्धस्थित क्रिम्पान्जी एड्भेन्चर हबमा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले बिहीबार एक कार्यक्रमबीच ‘स्वर्गीय बाबु छिरी शेर्पा ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा २६ जना पुरुष र १५ जना महिला प्रतियोगीले भाग लिएका छन्।

प्रतियोगितालाई पर्वतीय खेलकुद सङ्घ र सगरमाथा आरोही सङ्घले संयुक्त रूपमा आयोजना गरिएको छ । साथै, नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक सङ्घले प्राविधिक सहयोग (रुट सेटिङ, जजिङ, सुरक्षा, र बेले सर्भिस) प्रदान गरेको छ।

पुरुष र महिलाहरूबीच छुट्टा-छुट्टै आयोजना हुँदैछ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद पुरस्कार पचास हजार, तीस हजार र पन्ध्र हजार प्रदान गरिने छ।

प्रतियोगिताको मुख्य निर्णायक छिरिङ जाङबु शेर्पा, निर्णायक ज्याम्चाङ भोटे, निर्णायक पिम्बा तेन्जिङ शेर्पा रहेका छन्।

स्व. बाबु छिरी शेर्पालाई अहिलेसम्मकै महान् पर्वतारोही मानिन्छ। शेर्पाले चीन तर्फबाट चार पटक सहित १० पटक सगरमाथाको सफल आरोहण गरेका थिए। उनले वसन्त ऋतुमा अक्सिजन बिना सगरमाथा शिखरमा २१ घण्टा भन्दा बढी समय बिताए रेकर्ड कायम गरेका छन्।

सन् २००१ अप्रिल २९ तारिखका दिन सगरमाथा ११ औ‌ पटक आरोहण गर्ने क्रममा उनको सगरमाथा क्षेत्रमा निधन भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved