डाकेन्द्र थेगिमलाई इलाम २ को उपचुनावमा उम्मेदवार बनाउने पहिचानवादीको निर्णय

नेपालभ्युज

डाकेन्द्र थेगिमलाई इलाम २ को उपचुनावमा उम्मेदवार बनाउने पहिचानवादीको निर्णय

काठमाडौं । इलाम- २ मा बैशाख १५ गते हुने उपचुनावमा पहिचान पक्षधरले डाकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार बनाउने भएका छन् । उनी पहिचानसहितको ‘प्रदेश १ पुनः नामकरण अभियान समिति’ का संयोजक पनि हुन् ।

प्रदेश पुनः नामकरण संयुक्त संघर्ष समितिमा आवद्ध विभिन्न सरोकारवालाहरुको काठमाडौंमा भएको बैठकले थेगिमलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । किराँत धर्म तथा साहित्य उत्थान संघको अध्यक्षसमेत रहेका थेगिम किराँत धर्म तथा साहित्य, उत्थानका लागि काम गर्दै आएका छन्।

कोशी प्रदेश नामकरणसँगै पहिचानवादीले थालेको आन्दोलनको नेतृत्व थेगिमले गर्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved