वर्तमान संसद् रहुन्जेलसम्म सरकार कायम रहन्छ, अर्को बनाउने कोसिस हुँदैन : योगेश भट्टराई

नेपालभ्युज

वर्तमान संसद् रहुन्जेलसम्म सरकार कायम रहन्छ, अर्को बनाउने कोसिस हुँदैन : योगेश भट्टराई

काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म सरकार कायम रहने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कायम रहने बताएका हुन् । उनले अहिलेको संसद्को लागि यो सरकार बनाउनु अन्तिम विकल्प भएको बताए । उनले अर्को कुनै सरकार बनाउने कोसिस नहुने पनि बताए ।

सरकार निर्माणको निर्णायक शक्ति एमाले भएको उल्लेख गर्दै सांसद भट्टराईले सरकारलाई आगामी चार वर्षसम्म अगाडि बढाउने दायित्व एमालेकै भएको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने चर्चा गरेर वर्तमान सत्ता समीकरणलाई अविश्वासतिर नधकेल्ने पनि बताए ।

सांसद भट्टराईले एमालेले प्रधानमन्त्री पदलाई नपर्खिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved