पाउण्ड घट्दा डलरको मूल्य स्थिर 

नेपालभ्युज

पाउण्ड घट्दा डलरको मूल्य स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ भने बेलायती पाउण्डको मूल्य केही घटेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ १५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १०६९ रुपैयाँ ०५ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ८१ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved