नेमकिपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

नेपालभ्युज

नेमकिपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

बुधबार बसेको सचिवालय बैठकले विश्वासको मत नदिने निर्णय गरेको अध्यक्ष नारायणमान बिजुक्छेले जानकारी दिए ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी लगायतको नीति एवम् दृष्टिकोणमा तात्विक भिन्नता नभएकाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको पार्टीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेमकिपाबाट प्रेम सुवाल सांसद रहेका छन् । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved